शेयर बजार ओरालो लाग्ने क्रम जारी

काठमाडौं : साताको दोस्रो दिन आज (सोमबार ) पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार आज नेप्से परिसूचक ९.१३ बिन्दुले घट्दा १३०७।७१ बिन्दुमा रोकिएको छ । कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा कारोबार भएको छ । ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । आज जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको हो ।

त्यस्तैगरि, बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ । आज कारोबारको आधारमा शिवम सिमेन्टको सबैभन्दा बढी अग्रस्थानमा छ । शिवममा आज २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १७:५७