सेयर बजार ४.४२ अंकले बढ्यो: कारोबारमा नेपाल बैंक अग्रस्थानमा

काठमाडौं : साताको तेस्रो दिन आज ( मंगलबार ) शेयर बजारमा सुधार आएको छ । केहि दिनदेख लगातार ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार आएको हो । आज नेप्से मापन गर्ने सूचक ४.४२ अंकले बढेर १३१२.१४ बिन्दुमा रोकिएको छ ।

मंगलबार १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता सेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ रुपैयाँको कारोबार भएको छ ।  १२ समूहको कारोबारमा बैंकिङ, व्यापार, होटल, डेभलपमेन्ट बैंक, जलविद्युत, वित्त, निर्जीबन बीमार जीवन बीमा र म्यूचुअल फण्ड समूहको उपसूचक बढेको छ भने बाँकीको घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको ८ करोड ६६ लाख २८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र बुटवल पावर कम्पनी रहेका छन् ।  मंगलबारको कारोबारमा मल्टिप्रपोज फाइनान्स, अप्पर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फानान्सका कम्पनीले कमाएका छन भने समिट लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, घलेम्दी हाईड्रोपावर, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले गुमाएका छन् ।

 


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १६:१९