सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १६:००