सूर्यविनायकमा सिद्धार्थ बैंकको नयाँ शाखा

भक्तपुर: भक्तपुरको सूर्यविनायकमा सिद्धार्थ बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुरयाउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १३:१७