एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपूर्व भ्रमणमा जाने

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपपूर्व भ्रमणमा निस्कनु हुने भएको छ । श्रेष्ठले मध्यपूर्वको बहराईन, कुवेत, साउदी अरव, कतार, यूएई, ओमानको भ्रमण गर्ने कार्यक्रम तय भएको हो । मध्यपूर्वको भ्रमण सकाएर श्रेष्ठले एसिया प्याशिफिकका मलेसिया, कोरिया, थाईल्याण्डलगायतका देशमा भ्रमण गर्ने कार्यक्रम छ ।

काठमाडौंबाट अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको श्रेष्ठले जापान फर्किएर पहिलो पटक महाधिवेशन प्रतिनिधिहरुसँग भेटघाट तथा छलफल कार्यक्रम शूरु गर्नु भएको थियो । जापानका टोक्यो,ओसाका, नागोया र फुकुओका शहरमा प्रतिनिधिहरुसँग भेटघाट गर्नु भएको थियो ।

प्रजातान्त्रिक समूहका साझा उम्मेदवार श्रेष्ठलाई अहिले विश्वभरिबाट विभिन्न माध्यमबाट बधाई तथा समर्थन जनाउनेहरुले संख्या बढ्दै गएको छ ।


प्रकाशित | १० आश्विन २०८०, बुधबार ०८:३१