एनआरएनए एसिया प्याशिफिकको डिआरसीमा दीपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहनु भएको कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका लागि निकै नै रचनात्मक कार्य गर्न सफल कँडलले गैर आवासीय नेपाली अभियानलाई निरन्तरता दिने निर्णयमा पुगेको बताउनुभयो ।

एसिया प्याशिफिकका अग्रज तथा विभिन्न एनसिसीबाट प्राप्त सल्लाह सुझाव बमोजीम डिआरसी पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको कँडेलले जानकारी दिनुभयो । ब्यवसायीक पृष्ठभुमीका कँडेल संस्थामा केहि गर्नुपर्छ र अभियान भएकाले विस्तारै जानुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्छ ।


प्रकाशित | ३१ भाद्र २०८०, आईतवार १५:१५