एनआरएनए उपाध्यक्षको तयारीमा सचिव राजन त्रिपाठी

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा राजन त्रिपाठीले उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी थाल्नु भएको छ ।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको त्रिपाठीलाई गैर आवासीय नेपाली अभियन्ताहरुबाट उपाध्यक्षका लागि सुझाव आएपछि तयारीमा जुट्नु भएको हो । स्रोतका अनुसार त्रिपाठी महेश श्रेष्ठको टिममा पर्नु भएको छ ।

एनआरएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक हुँदे सचिव रहनु भएको त्रिपाठीले कुनै पनि टिममा खुलेर लाग्नु भएको छैन । उहाँले आफूलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरे पनि श्रेष्ठको टिममा परेपछि उपाध्यक्षको तयारीमा जुट्नु भएको हो ।


प्रकाशित | १० आश्विन २०८०, बुधबार ०७:२४