एनआरएनएको नेतृत्व हाँक्न मैदानमा होमिएका आर. के. शर्मा भन्छन्,’माहौल बन्दै गएकोमा उत्साहित छु’

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आर.के) शर्मा आगामी नेतृत्वको लागि चुनावी मैदानमा होमिनु भएको छ । शर्माले चुनावी अभियानकै क्रममा विशेष गरि यूरोप र एसियाका धेरै जसो एनसिसीहरुको भ्रमण सम्पन्न गरिसक्नु भएको छ ।

शर्मा केहि समय अघि मात्र जापान पुग्नु भएको थियो । युरोप र जापानमा बस्ने गैर आवासीय अभियन्ताबाट निकै राम्रो सल्लाह र सुझाव पाएको शर्माले बताउनु भएको छ ।

विश्वभरका गैर आवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेको शर्माले बताउनुभयो । विश्वभरका अभियन्ताले आफूलाई अगाडि बढ्न सल्लाह र सुझाव दिएको र आफू निकै उत्साहित भएको बताउनुभयो ।

शर्मा लामो समयदेखि कतार बस्दै आउनु भएको छ भने एक सफल ब्यवसायीका रुपमा समेत परिचीत हुनुहुन्छ । शर्मा चुनावी अभियानकै लागि अस्ट्रेलिया भ्रमणमा जाने तयारीमा हुनुुहन्छ ।

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदबहालीमा सहभागि हुने कार्यक्रम रहेको छ ।

अस्ट्रेलियामा गैर आवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने कार्यक्रम समेत रहेको शर्माले जानकारी दिनुभयो । अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश पर्दछ ।


प्रकाशित | १२ भाद्र २०८०, मंगलवार २२:१७