एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप दौडाहमा

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप भ्रमणमा निस्कनु भएको छ । एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको पन्थ चुनावी प्रचार प्रसारको सिलसिलामा यूरोप भ्रमणमा निस्कनु भएको हो ।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, यूरोप भ्रमणको क्रममा शनिबार जर्मन आइपुग्नु भएको पन्थलाई एनसिसी जर्मनीले भब्य स्वागत गरेको छ । एआरएनए जर्मनीले एक अन्तरक्रिर्या कार्यक्रम आयोजना समेत गरेको छ ।

सो अवसरमा बोल्नुहुँदै पन्थले गैर आवासीय नेपाली अभियानलाई सशक्त र मजबुत बनाउन आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले विदेशमा रहेका गैर आवासीय नेपालीलाई नेपालसँग जोड्ने र नेपालको समृद्धिमा योगदान पुर्याउने भावनाले उत्प्रेरित भई अभियानमा अगाडि बढ्न चाहेको स्पष्ट समेत पार्नुभयो ।

विश्वभरि रहनु भएको गैर आवासीय नेपालीहरुको सल्लाह सुझाव बमोजीम आफूले सचिव पदमा उम्मेदवारी दिएकाले सबैको साथ र सहयोग हुनेमा विश्वास ब्यक्त गर्नुभयो । पन्थले यूरोपको भ्रमण सकाएर मध्यपूर्व जाने कार्यक्रम रहेको छ ।


प्रकाशित | ७ आश्विन २०८०, आईतवार ११:४२