एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी दर्ता, आर्थिक पारदर्शीता कायय गर्दै कोषलाई बलियो र सशक्त बनाउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

हाल सहकोषाध्यक्षको जिम्मेवारीमै रहनु भएको तिमल्सेनाले आर्थिक पारदर्शीता, आथिक कोषलाई बलियो र सशक्त बनाउने एजेन्डासहित उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले सहकोषाध्यक्ष पदमा अत्याधिक मतसहित विजयी गराउनेमा आशावादी रहेको बताउनुभयो ।

‘सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय भई यूकेको कार्यसमिति सदस्य र उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै हाल केन्द्रीय सह कोषाध्यक्षको भूमिकामा रहनु भएको छ । उहाँले आफू निर्वाचित भए सबैको अमूल्य मतको कदर गर्दै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बेलायतका स्थापित व्यवसायी तिमल्सेना समुदायमा एक सरल, मिलनसार र सच्चा समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । एनआरएनएसहित विभिन्न संस्थाहरुमा आबद्ध उहाँले व्यक्तिगत रुपमा समेत नेपालमा कयौं च्यारिटी काम गर्नु भएको भने बेलायतमै अफ्टेरोमा परेका धेरै नेपालीलाई पनि सहयोग गर्दै आउनु भएको छ ।


प्रकाशित | २८ आश्विन २०८०, आईतवार १७:५६