एनआरएनए उपमहासचिवमा प्रमोद सिटौलाको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिनु भएको छ । बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

हाल आइसिसी सचिव रहनु भएको सिटौलाले उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै सचिवमा रहेर काम गरिसकेकाले यो भन्दा माथि गएर योगदान गर्नका लागि उपमहासचिव पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले आफ्नो ब्यक्तीगत एजेन्डा भन्दा पनि अध्यक्ष र महासचिवले ल्याएका एजेन्डालाई कार्यान्वयनमा सहयोगी भूमीका खेल्ने  स्पष्ट पार्नुभयो ।

स्पष्ट वक्ताका रुपमा चिनीनु भएको सिटौला अमेरिका निवासी हुनुहुन्छ । एनआरएनमा राम्रो दख्खल राख्नुहुने सिटौलाले गैर आवासीय नेपालीहरुले आफूलाई विजयी गराउनेमा ढुक्क रहेको बताउनुभयो ।

 


प्रकाशित | २८ आश्विन २०८०, आईतवार १७:०७