कक्षा १२ को परीक्षा भोलीदेखि शूरु हुँदै, ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

काठमाण्डौ – कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखि सुरु हुँदैछ । कोरोना कहरकाबीच भोलीदेखि परीक्षा हुन लागेको हो । कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण […]

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । राजदूत यान्छीले आज बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत यान्छीले हालसालै सकिएको दशैं, तिहार छठलगायतको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र पार्टीबीचको सम्बन्धको विषयमा चासो राख्नुभएको जनाइएको छ । […]

प्रधानमन्त्रीलाई लगाइएका आरोप अराजनीतिक र चरित्रहत्या गर्ने खालका छन् : विष्णु रिमाल (अन्तर्वार्ता )

झन्डै दुईतिहाइ जनमतको धरोहर, सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा ऐक्य नहुँदा ऐँठनको अवस्था छ । कम्युनिस्ट पार्टीको परम्परागत विधि संरचनाभन्दा पृथक् रूपमा समयानुकूलित रूपमा अगाडि बढ्ने भनी आश्चर्यजनक रूपमा एकता घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादीका दुई प्रमुखलाई एकीकृत पार्टीमा पनि दुई अध्यक्षको पगरी÷जिम्मेवारी दिने सहमति भयो । तर, सहमति बमोजिमको काममा भन्दा अन्य स्वार्थको चासो […]

अब बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौँ – सरकारले जबर्जस्ती करणीका कसुर मिलापत्र गराएमा तीन वर्षसम्म कैद र कसुरदारलाई ३० हजार रुपियाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो व्यवस्थालाई कसुर परिभाषित गर्दै कैद र जरिवानाको व्यवस्था गरेको हो । बैठकले मौजुदा तीन ऐन संशोधन गर्न यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको अध्यादेश सिफारिस गरेको छ […]

कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन नपाउने

नगेन्द्र सापकोटा /काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो । निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि मन्त्रालयले सबै […]

प्रधानमन्त्रीमाथि प्रचण्डको आरोप अराजनैतिक र पार्टी विधी तथा पद्धतिविपरीत : आनन्द पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ठ पार्टीका केन्द्रीय सदस्य तथा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाउनुभएको आरोपको डटेर विरोध गर्नुभएको छ । पोखरेलले प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोप अराजनैतिक, अनैतिक र पार्टी एकताको भावना तथा मर्मविपरीत भएको बताउनुभएको हो । नेता पोखरेलले प्रधानमन्त्री ओलीको राजनैतिक […]

प्रचण्डलाई महेश बस्नेतको सुझाव – गुटका नाममा स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउनुस्

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सस्दय तथा प्रभावशाली युवा नेता महेश बस्नेतले गुटका नाममा विभिन्न स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) लाई सुझाव दिनुभएको छ । देशभरका नेकपाका कार्यकर्ता तथा जनता अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनताको जनमतलाई लत्याउने […]