दाङ : भारतमा काम गर्न गएका दाङका ३ जना मजदुरको रहस्यमय मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रमका लागि भारत हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका नोखिराम भण्डारी र प्रकाश वली गएको […]
खोटाङ: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्र्दै यादवले सरकारबाट बाहिरिने कुरा सत्य नभएको बताउनुभयो । उहाँले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था […]
हेटौंडा : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ज्वाला पक्राउ पर्नुभएको छ । ज्वालासँगै अर्का एकजना पनि पक्राउ परेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार बिहीबार राति ज्वालालाई हेटौंडा उपमहानगरपालिका ८ फायरलाइनबाट पक्राउ गरिएको हो।
भक्तपुर : नगरपालिकाको आयोजनामा नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्नुहुँदै शासक दलहरू भारतको निर्देशनमा चलिरहेको आरोप लगाउनुभयो । शिक्षकहरूको व्यापक दृष्टिकोणले शिक्षामा न्याय हुने प्रसंग कोट्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले […]
सोलुखुम्बु : सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएका छन् । विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ जना आरोहीले आरोहण अनुमति पाएका हुन्। नेपाल पर्यटन बोर्डका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपाली सहित ३०० जनाले अनुमती पाएका छन् । अहिलेसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति […]
दोलखा : कालिन्चोक गाउँपालिकाका सबै वडामा दर्ता सिफारिस एवं प्रमाणपत्र ब्यवस्थापन प्रणाली (कम्प्युटर सफट्वेयर) जडान गरिएको छ । सूचना प्रविधि अधिकृत प्रविण चौहानका अनुसार बिहीबारबाट सबै वडामा यो प्रणाली जडान गर्ने कार्य सम्पन्न गरिएको हो । सबै वडा कार्यालयमा गाउँपालिकाबाट प्राविधिक खटेर नमुना परिक्षण समेत गराएको सूचना प्रविधि अधिकृत चौहानले बताउनुभयो । कालिन्चोक गाउँपालिका उपप्रमुख […]
कास्की: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संवैधानी निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरको बताउनुभएको छ । सरकारले एकपछी अर्को गर्दै हरेक संवैधानीक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरहेको बताउनुभयो । देशभरका जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले नेपाली सेनामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाउनुभएको हो । देउवाले लोकतन्त्रमा सेना स्वतन्त्र रहने उल्लेख गर्दै सेना […]