प्रधानमन्त्रीमाथि प्रचण्डको आरोप अराजनैतिक र पार्टी विधी तथा पद्धतिविपरीत : आनन्द पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ठ पार्टीका केन्द्रीय सदस्य तथा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाउनुभएको आरोपको डटेर विरोध गर्नुभएको छ । पोखरेलले प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोप अराजनैतिक, अनैतिक र पार्टी एकताको भावना तथा मर्मविपरीत भएको बताउनुभएको हो ।

नेता पोखरेलले प्रधानमन्त्री ओलीको राजनैतिक जीवन समाप्त पार्ने षडयन्त्र अनुरुप प्रचण्डको राजनैतिक प्रस्ताव आएको बताउनुभयो । सो प्रस्ताव पूर्वाग्रह, कुचेष्टा बोकेर आएको तथा विधी र पद्धतिको ठाडो उल्लंघन भएको भन्दै प्रस्ताव फीता लिन आग्रह समेत गर्नुभयो ।

प्रचण्डको प्रस्ताव पार्टी एकतालाई कमजोर पार्ने तथा पार्टी एकताको मर्म र भावनापिरीत आएकाले फीर्ता लिई संयुक्त प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेतृत्वलाई खुइल्याउने,गुटबन्दी गर्ने खालका गतिविधीले आम कार्यकर्तामा निरासा छाएको बताउनुहुँदै नेता पोखरेलले त्यस्तो कार्य नगर्न सबैमा अपिल पनि गर्नुभएको छ । देशभरका कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आग्रह गर्नुहुँदै नेता पोखरेलले नेताहरुलाई सबैले खवरदारी गर्नुपर्ने खाँचो औल्याउनुभयो ।


प्रकाशित | ७ मंसिर २०७७, आईतवार २१:३९