नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । राजदूत यान्छीले आज बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा राजदूत यान्छीले हालसालै सकिएको दशैं, तिहार छठलगायतको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र पार्टीबीचको सम्बन्धको विषयमा चासो राख्नुभएको जनाइएको छ । नेकपा विभाजनको अवस्थामा पुगिरहँदा राजदूत यान्छीको भेटलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रकाशित | ८ मंसिर २०७७, सोमबार १४:१०