यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौं । कोरोना महामारीको कारण यस वर्ष देउसी भैलो खेल्न रोक लगाइने भएको छ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देउसी भैलो नखेल्न र नखेलाउन निर्देशन दिनुभएको हो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो […]

निरुषा खत्रीले जितिन मिस नेपाल युरोप २०२० को उपाधी

बेल्जियम : फिनल्याण्डकी निरुषा खत्रीले मिस नेपाल युरोप २०२० को ताज पहिरिएकी छिन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले पहिरिएकी हुन । ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको […]

बेल्जियममा हुने ‘मिस नेपाल युरोप- २०२०’ को तयारी अन्तिम चरणमा, फाइनलमा १२ जना भिड्दै

लोवेन (बेल्जियम ) : बेल्जियमको लोवेन शहरमा हुन गइरहेको ‘मिस नेपाल युरोप-२०२०’ तयारी अन्तिम चरणमा पुगेको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन गइरहेको ‘मिस नेपाल युरोप २०२०’ को तयारी अन्तिम चरणमा पुगेको हो । मिस युरोप नेपालका लागि युरोपका बिभिन्न देशमा अडिसन मार्फत फाइनल राउन्टको लागि १२ जना छनौट भएका छन् । प्रतियोगिता २०२० […]

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भट्टराईको निधन

काठमाडौं: चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको छ । अभिनेता तथा निर्मातासमेत रहेका भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति हृदयघाटका कारण निधन भएको हो । चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरेका केशवले चिनो, आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म निर्माण गरेका छन् […]

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

काठमाडौं : साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश […]

अनुष्का श्रेष्ठको अपिल: मिस वर्ल्ड जिताउन सहयोग गर्नुस

काठमाडौंं : आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड  अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]

सुर्खेतमा मिस्टर एन्ड मिस प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार नगदसहितको पुरस्कार

सुर्खेतः वीरेन्द्रनगरमा ‘मिस सुर्खेत ३ तथा मिष्टर सुर्खेत’ आयोजना गरिने भएको छ । मुन मिडिया हाउसले मिस सुर्खेतको तेस्रो संस्करण र मिष्टर सुर्खेत प्रतियोगिताको आयोजना गर्न लागेको हो । विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना हुँदै आएको छ । मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप […]