प्रथम एनआरएनए राष्ट्रिय कराते प्रतियोगिता औपचारिक रुपमा सुरु

काठमाडौं:  गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टस् एकेडेमीको आयोजनामा भएको ‘प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप २०२२’ प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ। प्रतियोगिता युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री गहतराजले एनआरएनएले प्रथम कराते प्रतियोगिता सञ्चालन गरी नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीलाई एकठाउँमा जोड्ने प्रयास गरेकोमा धन्यबाद […]

प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते हुने

काठमाडौं : प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने भएको छ । कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न र उदयमान कराँते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको गैर आवासीय […]

नेपाल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थान ओगट्न सफल

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरीयतामा नेपालले एसोसियट क्रिकेटको शीर्षस्थान ओगट्न सफल भएको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रो पटक अटाएको हो । नेपाल वरियतामा मात्र ११ टेष्ट राष्ट्र भन्दा पछि छ । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड […]

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट शुरु हुने

काठमाडौं :  दोस्रो संस्करणको योनेक्स सनराईज प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको हो । संयोजक सुबाश श्रेष्ठले प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने जानकारी दिए । […]

कतार विश्वकपको खेल तालिका सार्वजनिक हुँदै

काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको हो । विश्वकपमा सहभागि हुने ३२ मध्ये २९ टोलीको टुंगो लागिसकेको छ भने तीन […]

ज्ञानेन्द्र क्रिकेट कप्तानबाट बर्खास्त, सन्दीप लामिछाने बने नयाँ कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो […]

मकाउमा आयोजित फुटबलको उपाधि मादीले जित्यो (फोटोफिचरसहित)

मकाउ – गैर आवासीय नेपाली संघ मकाउको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यसअघि दशैंको अवसरमा आयोजना गर्ने भनीए पनि कोरोनाको कारण रोकिएको सो प्रतियोगीता दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगीतामा मादी गाउँपालिकाको टिम पोखरा(बी) १३ ले उपाधि जितेको छ भने गोरखा (बी) उपविजेता र गोरखा (ए)ले […]