निरुषा खत्रीले जितिन मिस नेपाल युरोप २०२० को उपाधी

बेल्जियम : फिनल्याण्डकी निरुषा खत्रीले मिस नेपाल युरोप २०२० को ताज पहिरिएकी छिन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले पहिरिएकी हुन ।

ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रबेश पाउने बताइएको छ ।

ड्रिम्स नेपाल बेल्जियमले आयोजना गरेको मिस युरोप नेपाल २०२० मा फष्ट रनर अपको उपाधी आयरल्याण्डकी संगिता थापाले जितिन । सेकेण्ड रनर अपको उपाधी बेल्जियमकी ज्योति भट्टले हात पारिन ।

ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक तथा गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाका अनुसार मिस युरोप नेपाल फाइनल राउन्टको लगि विभिन्न देशबाट १२ जना छनौट भएका थिए ।

युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ, महिला फारेम, ईनास, विभिन्न संघसस्था सँगको सहकार्यमा अडिसनमार्फत फाइनल राउन्टको लागि प्रतिस्पर्धी छनौट गरिएको संयोजक थापाले जानकारी गराउनुभयो ।

कार्यक्रममा युरोपका बिभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए । गैर आवासीय नेपाली संघको महिला बिभागसँगको सहकार्यमा युरोपका बिभिन्न देशमा मिस युरोप नेपालका लागि आयोजना गरिएको अडिसनबाट फिनल्याण्डकी निरुशा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने,नर्वेबाट श्रद्धा थापा, अष्ट्रियाबाट स्नेहा मल्ल, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे,बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्याण्डबाट संगिता थापा छानिएकी थिईन ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार र अफिसियल डे«स डिजाईनरमा युवी थापा रहेका थिए । समारोहमा हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस नेपाल अनुष्का श्रेष्ठ पनि अतिथिका रुपमा सहभागी भएका थिए ।


प्रकाशित | १३ माघ २०७६, सोमबार १७:४३