चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भट्टराईको निधन

काठमाडौं: चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको छ । अभिनेता तथा निर्मातासमेत रहेका भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति हृदयघाटका कारण निधन भएको हो ।

चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरेका केशवले चिनो, आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म निर्माण गरेका छन् ।

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । भट्टराईको शवलाई सोमवार पोस्ट्मार्टम गरिनेछ । भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।


प्रकाशित | ३० मंसिर २०७६, सोमबार ०९:१५