बेल्जियममा हुने ‘मिस नेपाल युरोप- २०२०’ को तयारी अन्तिम चरणमा, फाइनलमा १२ जना भिड्दै

लोवेन (बेल्जियम ) : बेल्जियमको लोवेन शहरमा हुन गइरहेको ‘मिस नेपाल युरोप-२०२०’ तयारी अन्तिम चरणमा पुगेको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन गइरहेको ‘मिस नेपाल युरोप २०२०’ को तयारी अन्तिम चरणमा पुगेको हो । मिस युरोप नेपालका लागि युरोपका बिभिन्न देशमा अडिसन मार्फत फाइनल राउन्टको लागि १२ जना छनौट भएका छन् । प्रतियोगिता २०२० जनवरी २६ मा हुँदैछ ।

ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक तथा गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाका अनुसार मिस युरोप नेपाल फाइनल राउन्टको लगि विभिन्न देशबाट १२ जना छनौट भएका छन् । युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ, महिला फारेम, ईनास, विभिन्न संघसस्था सँगको सहकार्यमा अडिसनमार्फत फाइनल राउन्टको लागि प्रतिस्पर्धी छनौट गरिएको संयोजक थापाले जानकारी गराउनुभयो ।

संयोजक थापाका अनुसार फाइनल राउन्टमा अडिसन मार्फत छनौट हुनेमा संगीता थापा (आयरल्याण्ड ), सुशिला बोहरा (अष्ट्रिया), मिला नेपाली (बेल्जियम ), निरुषा खत्री (फिण्डल्याण्ड ), रोसमेटी भोटिया (स्वीटजरल्याण्ड ), लुना श्रेष्ठ (बेल्जियम ), श्रद्धा थापा (नर्वे ), सविना नेपाली (बेल्जियम ), ज्योती भट्ट ( बेल्जियम ), अश्मा घिमिरे ( जर्मनी ), सामू पराजुली (जर्मनी ) र श्रीया भण्डारी (फान्स ) हुनुहुन्छ ।

प्रतियोगितामा बिजयीलाई मिस नेपाल युरोपको ताजसँगै पुरस्कार समेत प्रदान गरिनेछ । मिस युरोप नेपालकी उपाधी बिजेताले नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रबेश गर्न पाउनेछन ।

यसअघि ड्रिम्स नेपाल संस्थापक योगिता थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेताले नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रबेश गर्न पाउने सम्झौता भएको थियो ।

कार्यक्रमको अफिसर कोरियोग्रार्फीमा मिस नेपाल २००५ सुगारिका केसी, अफिसर डिजाइनरमा युवी थापा, परफरमर नलिना चित्रकार हुनुहुन्छ ।


प्रकाशित | २० पुष २०७६, आईतवार १४:००