सुर्खेतमा मिस्टर एन्ड मिस प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार नगदसहितको पुरस्कार

सुर्खेतः वीरेन्द्रनगरमा ‘मिस सुर्खेत ३ तथा मिष्टर सुर्खेत’ आयोजना गरिने भएको छ । मुन मिडिया हाउसले मिस सुर्खेतको तेस्रो संस्करण र मिष्टर सुर्खेत प्रतियोगिताको आयोजना गर्न लागेको हो । विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना हुँदै आएको छ ।

मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप मदत पुग्ने बताए । उनले भने, मिस सुर्खेतको निरन्तरता पाउनु सुखद बिषय रहेको र यसवर्षदेखि नै मिष्टर सुर्खेतको पनि आयोजना गरिने छ ।

युवापुस्तामा रहेको कला तथा सकारात्मक पक्षहरुलाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले युवा जमातमा हुनुपर्ने क्षमताको पहिचान गरि त्यसको संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगितामा मिष्टर÷मिस सुर्खेत, फष्ट रनरअप, सेकेण्ड रनरअप, सवटाइटल मिस व्युटिफुल÷हेण्डसम, वेष्ट वाक, मिस÷मिष्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, वेष्ट फिगर, वेष्ट स्माइल, वेष्ट स्कीन, भिवर्स च्वाइस्लगायतका विधाहरु समेटिएका छन् ।

आइतबारदेखि प्रतियोगिताका फारम वितरण सुरु गरिएको मुन मिडिया हाउसका अध्यक्ष विजय के।सी।ले बताए । मिस सुर्खेत र मिष्टर सुर्खेतका विजेतालाई ५० हजार रुपैया नगद, क्राउन, गिफ्ट ह्याम्परलगायतका पुरस्कार दिइनेछ ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार १२:४२