यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौं । कोरोना महामारीको कारण यस वर्ष देउसी भैलो खेल्न रोक लगाइने भएको छ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देउसी भैलो नखेल्न र नखेलाउन निर्देशन दिनुभएको हो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिनुभएको हो ।

त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार ०७:१५