रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा गर्‍योः युक्रेन

तस्विर : बीबीसी एजेन्सी – रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्, एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त […]

युक्रेन र रुसबीच दोस्रो चरणको वार्ता जारी

तस्विर : रोयटर्स रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बैठक दक्षिणपश्चिमी बेलारुसको ब्रेस्टमा भइरहेको बताइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले ट्वीट गर्दै बेलारुसमा रूसी प्रतिनिधिहरूसँग वार्ता सुरु भएको जानकारी गराए । उनले तत्काल युद्धविरामको घोषणा र ध्वस्त वा लगातार गोलाबारी भएका गाउँहरू/शहरहरूबाट नागरिकहरूलाई बाहिर निकाल्नुपर्ने एजेन्डालाई मुख्य मुद्दा बनाइएको […]

रुस र युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता हुँदै

युक्रेन र रुसबीचको दोस्रो चरणको शान्ति वार्ता आज हुने युक्रेनी अधिकारीले बताएका छन् । वार्ता अबको एक घण्टामा बेलारुसमा सुरु हुने अधिकारीले बताएका हुन । युक्रेनी प्रतिनिधिमण्डलहरू हेलिकप्टर मार्फत छलफल गर्न त्यसतर्फ गइसकेको बीबीसीले जनाएको छ । युक्रेनी वार्ताकार डेभिड अराखामियाले आजको छलफल अन्य मुद्दाहरूमा जानु अघि तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने विषयमा केन्द्रित हुने बताए […]

रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न हंगेरी इच्छुक

तस्विर : बीबीसी हंगेरी–  हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न आफ्नो देश इच्छुक रहेको दोहोर्‍याएका छन्। प्रधानमन्त्री ओर्बानले हंगेरी-युक्रेनी सीमामा रहेको शरणार्थी केन्द्रको भ्रमण गर्ने क्रममा ओर्बानले युद्ध अन्त्य गर्ने जिम्मेवारी सबैभन्दा बढी रुसी पक्षमा रहेको बताए। ‘वार्ता र शान्ति वार्ता युद्धविरामद्वारा मात्र युद्ध रोक्न सकिन्छ’, ओर्बानले भने।  हंगेरी सरकारले […]

एक सातामा १० लाख मानिसले युक्रेन छाडे

तस्विर :बीबीसी कीभ- रुसी आक्रमण सुरु भएदेखि १० लाख मानिसले युक्रेनबाट भागेको शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् । राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्। पोल्याण्डमा अहिलेसम्म ४ लाख ५३ हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको […]

मस्कोले युक्रेनमा आक्रमण गर्दाको क्षति सार्वजनिक गर्दै भन्यो – करिब ५०० रुसी सेना मारिए, १५९७ जना घाइते भए

मस्को – रुसको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा भएको क्षतिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको छ । रुसी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको छ भने १५९७ जना घाइते भएका छन् । यो दावी युक्रेनको रुसी हताहतीको मूल्याङ्कनभन्दा निकै कम छ । कीभले ५ हजा ८४० रुसी सेना मारेको दाबी गरेको छ। यसअघि युक्रेनको […]

युक्रेनको सीमा नजिकै पुगेर पोल्याण्डका प्रधानमन्त्रीले भने- युद्धबाट भागेका सबै मानिसहरूको सेवा गछौं

वार्सा – पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले संसारभरबाट युद्धबाट भागेका सबै मानिसहरू र सबै देशका शरणार्थीहरूको सेवा गर्ने बताउनु भएको छ । युक्रेनी नागरिक बाहेक पोल्याण्डमा प्रवेश गर्न खोज्ने अन्य राष्ट्रियताका मानिसहरूलाई प्राथमिकता दिएर व्यवहार गरिरहेको रिपोर्ट आएपछि प्रधानमन्त्री मोराविकीले सो अभिब्यक्ती दिएका हुन । ‘सबै मानिसहरूलाई सीमा क्रसिङहरूमा समान तरिकाले व्यवहार गरिएको छ’, मोराविकीले युक्रेनसँगको […]