मस्कोले युक्रेनमा आक्रमण गर्दाको क्षति सार्वजनिक गर्दै भन्यो – करिब ५०० रुसी सेना मारिए, १५९७ जना घाइते भए

मस्को – रुसको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा भएको क्षतिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको छ । रुसी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको छ भने १५९७ जना घाइते भएका छन् ।

यो दावी युक्रेनको रुसी हताहतीको मूल्याङ्कनभन्दा निकै कम छ । कीभले ५ हजा ८४० रुसी सेना मारेको दाबी गरेको छ।

यसअघि युक्रेनको आपतकालीन सेवाले अहिलेसम्म २ हजार भन्दा बढी सर्वसाधारण र १० आपतकालीन सेवाका कर्मचारी मारिएको जनाएको थियो।

रुसले पनि २ हजार ८७० भन्दा बढी युक्रेनी सैनिक मारिएको र ३ हजार ७०० घाइते भएको दाबी गरेको छ । कीभले भने कुनै तथ्याङ्क दिएको छैन। बीबीसी


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार २३:३६