रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा गर्‍योः युक्रेन

तस्विर : बीबीसी

एजेन्सी – रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्, एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्।

रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १४:१७