लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसी आक्रमण विफल पार्न ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् । रुसले युक्रेनमा गरेको भयानक आक्रमण विफल तुल्याउन ६ बुँदे योजना अगाडि सारेका हुन । न्युयोर्क टाइम्सको लागि लेखेको एक लेखमा जोनसनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम गर्नुपर्ने जस्ता प्रस्ताव गरेका हुन । यस्ता छन् जोनसनका योजना · […]
काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष […]
बेइजिङ – चीनले रुस युक्रेन द्धन्द्ध समाधान गर्न सहयोग गर्ने बताएको छ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले युक्रेन संकट चर्काउने कुनै पनि चालको विरोध गर्ने बताए । वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताका क्रममा युक्रेनको संकट वार्ताबाट मात्रै समाधान गर्न सकिने बताए । चीनले तनाव कम गर्ने सबै प्रयासलाई समर्थन […]
तस्विर: रोयटर्स काठमाडौँ — युक्रेनसँगको संघर्षको दसौँ दिनमा आइपुग्दा रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार दुई सहरमा युद्धविराम घोषणा गरेको हो । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन […]
सिङ्गापुर – सिङ्गापुरले युक्रेनमा मस्कोको युद्धको विरोध गर्दै रुसविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ । शनिबार विदेश मन्त्रालयले विज्ञप्ति जारी गरि रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । सिंगापुरका वित्तीय संस्थाहरूलाई चार वटा रुसी बैंकसँग कारोबार गर्न वा व्यापारिक सम्बन्ध स्थापना गर्न प्रतिबन्ध लगाइनेछ। त्यस्तै क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने र वित्तीय संस्थाहरूलाई रुसको केन्द्रीय ब्याङ्कलाई […]
वार्सा – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा १२ लाख मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीका लागि उच्चायुक्तको पछिल्लो तथ्याङ्कअनुसार रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन, जसको आधाभन्दा बढी संख्या छिमेकी पोल्याण्डमा पुगेका छन् । पछिल्लो तथ्याङ्क अनुसार लगभग ६ लाख ५० हजार पोल्याण्डमा भागेका छन भने १ लाख […]
बर्लीन – जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गर्दै युक्रेनमाथिको सबै सैन्य कारबाही तत्काल रोक्न आग्रह गरेका छन् । जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले पुटिनलाई युद्ध भइरहेको क्षेत्रमा मानवीय सहायताको पहुँचको लागि अनुमति दिन स्कोल्जले आग्रह गरेको बताए । पुटिनले चान्सलरलाई रुस र युक्रेनबीचको तेस्रो चरणको वार्ता यसै साताको अन्त्यमा हुने जानकारी […]