एक सातामा १० लाख मानिसले युक्रेन छाडे

तस्विर :बीबीसी

कीभ- रुसी आक्रमण सुरु भएदेखि १० लाख मानिसले युक्रेनबाट भागेको शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्।

पोल्याण्डमा अहिलेसम्म ४ लाख ५३ हजार भन्दा बढी मानिसहरू भागेको राष्ट्र संघले जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्।

युएनएचसिआरका अनुसार मस्कोले आक्रमण सुरु गरेदेखि देशबाट भाग्नेको संख्या दुत्र रूपमा बढेको छ भने देश छाड्नेमा अधिकांश महिला र बालबालिका छन् ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार ११:२९