रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न हंगेरी इच्छुक

तस्विर : बीबीसी

हंगेरी–  हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न आफ्नो देश इच्छुक रहेको दोहोर्‍याएका छन्।

प्रधानमन्त्री ओर्बानले हंगेरी-युक्रेनी सीमामा रहेको शरणार्थी केन्द्रको भ्रमण गर्ने क्रममा ओर्बानले युद्ध अन्त्य गर्ने जिम्मेवारी सबैभन्दा बढी रुसी पक्षमा रहेको बताए।

‘वार्ता र शान्ति वार्ता युद्धविरामद्वारा मात्र युद्ध रोक्न सकिन्छ’, ओर्बानले भने। 

हंगेरी सरकारले बेलारुसको राजधानी मिन्स्कमा भइसकेका अपेक्षाकृत तल्लो तहको वार्ताको विकल्पको रूपमा रुस र युक्रेनबीचको भावी शान्ति वार्ताका लागि बुडापेस्टलाई प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार १८:१४