रुस र युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता हुँदै

युक्रेन र रुसबीचको दोस्रो चरणको शान्ति वार्ता आज हुने युक्रेनी अधिकारीले बताएका छन् । वार्ता अबको एक घण्टामा बेलारुसमा सुरु हुने अधिकारीले बताएका हुन ।

युक्रेनी प्रतिनिधिमण्डलहरू हेलिकप्टर मार्फत छलफल गर्न त्यसतर्फ गइसकेको बीबीसीले जनाएको छ ।

युक्रेनी वार्ताकार डेभिड अराखामियाले आजको छलफल अन्य मुद्दाहरूमा जानु अघि तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने विषयमा केन्द्रित हुने बताए ।

बेलारूसी राज्य समाचार एजेन्सी बेल्टाले प्रमुख रुसी वार्ताकार भ्लादिमिर मेडिन्सकीलाई उद्धृत गर्दै दोस्रो चरणको वार्ता आगामी एक घण्टामा सुरु हुने बताएको छ ।

गत सोमबार युक्रेन–बेलारुस सीमामा भएको पहिलो चरणको छलफल वार्ता जारी राख्न बाहेक कुनै सहमतिविना टुंगिएको थियो ।

पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । रूसी पक्षले भने तटस्थता र कहिल्यै नेटोमा सामेल नहुने ग्यारेन्टी खोजेको थियो ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार १९:४०