युक्रेनको सीमा नजिकै पुगेर पोल्याण्डका प्रधानमन्त्रीले भने- युद्धबाट भागेका सबै मानिसहरूको सेवा गछौं

वार्सा – पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले संसारभरबाट युद्धबाट भागेका सबै मानिसहरू र सबै देशका शरणार्थीहरूको सेवा गर्ने बताउनु भएको छ । युक्रेनी नागरिक बाहेक पोल्याण्डमा प्रवेश गर्न खोज्ने अन्य राष्ट्रियताका मानिसहरूलाई प्राथमिकता दिएर व्यवहार गरिरहेको रिपोर्ट आएपछि प्रधानमन्त्री मोराविकीले सो अभिब्यक्ती दिएका हुन ।

‘सबै मानिसहरूलाई सीमा क्रसिङहरूमा समान तरिकाले व्यवहार गरिएको छ’, मोराविकीले युक्रेनसँगको पोल्याण्डको सीमा नजिकै पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पोल्यान्डले सबै मानिसहरूको सेवा गर्दछ, संसारभरबाट युद्धबाट भागेका सबै मानिसहरू र सबै देशका शरणार्थीहरूको सेवा गर्दछ ।’

उनले सबैलाई मर्यादाको साथ व्यवहार गरेको बताउँदै पोल्याण्डले सबै मानिसहरूलाई मानवीय रूपमा व्यवहार गर्ने र युक्रेनी मात्र नभई सबै युद्ध शरणार्थीहरूलाई मद्दत गर्ने स्पष्ट पारे ।

उनले मानिसहरूलाई रूसको कुनै पनि प्रचारको पछाडि नलाग्न पनि आग्रह गरे । विदेशी विद्यार्थीहरूले सीमा पार गर्न खाना, पानी वा कम्बल बिना चिसोमा पर्खाइ राखिएको गुनासो गरेका थिए ।

‘देशमा रुसको आक्रमणबाट भागेका अफ्रिकी र गैर युक्रेनीहरूलाई समान रूपमा सहयोग गरिनुपर्छ’, युक्रेनका विदेशमन्त्रीले बुधबार भने।

पोल्यान्डको बोर्डर गार्डका प्रवक्ताले बुधबार युक्रेनी तर्फबाट अघिल्लो दिनको तुलनामा कम मानिसहरु ओर्लिएको बताए ।

पोल्याण्डको बोर्डर गार्डका अनुसार फेब्रुअरी २४ यता युक्रेनबाट भागेका ४ लाख ५३ हजार भन्दा बढी मानिसले सीमा पार गरी पोल्याण्ड पुगेका छन्। सिएनएन


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार २३:०८