कतारका लागि पर्यटन दूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो । पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा […]

ग्लोबल गोरखा समाजको उम्मेदवारी मनोनयन दर्ता शूरु, अध्यक्षको लागि उम्मेदवारी शुल्क एक हजार डलर

काठमाडौं: ग्लोबल गोरखा समाजको आगामी अक्टोवर ९ तारिखमा हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनीक भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै कार्यतालिका सार्वजनीक गरेको हो । निर्वाचन समितिका संयोजक जय प्रकाश गुरुङ, सदस्य विकल चन्द्र आचार्य र डा. मित्र परियारले जारी गर्नु भएको कार्यतालिका अनुसार २९ तारिखदेखि २ तारिखसम्म इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ […]

एनआरएनएको आयोजनामा नयाँ पर्यटकीय स्थल खोजी गर्दै पदयात्रा

पोखरा:  गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो । एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन […]

ग्लोबल गोरखा समाजको अधिवेशन अक्टोवर ९ तारिखमा हुने, निर्वाचन समिति संयोजकमा संस्थापक अध्यक्ष गुरुङ

काठमाडौं: ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । समाजको अधिवेशन यही असोज २३ गते अर्थात अक्टोबर ९ तारिखमा गर्ने तय भएपछि तयारी तीब्र पारिएको हो । ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीका अनुसार अधिवेशन असोज २३ गते आइतबार काठमाडौको याक एण्ड यति होटलमा तय भएको हो । अध्यक्ष अधिकारीका अनुसार कार्यसमिति बैठकले […]

दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै […]

विदेशमा रहेका दोलखालीको सहयोगमा दोलखा कारागारमा पुस्ताकालयको स्थापना

चरिकोट: विदेशमा रहेका दोलखालीको सहयोगमा दोलखा कारागारमा पुस्ताकालयको स्थापना भएको छ । विभिन्न देशमा बस्नुहुने नेपालीहरुको सहयोगमा पुस्ताकालयको स्थापना भएको हो । नेपाल लाइब्रेरी फाउण्डेशन अन्तर्राष्ट्रिय समन्वय समिति आयरल्याण्डको संयोजन र दोलखा समाज अष्ट्रेलियाको आर्थिक सहयोगमा नेपाल लाईब्रेरी फाउण्डेसन काठमाडौंले १५ औं पुस्ताकालय दिवसको अवसर पारेर पुस्ताकालय हस्तान्तरण समेत गरिएको छ । यी हुन सहयोगी […]

पोखरामा एसआई यूकेले गर्यो बृहत्त शैक्षीक मेला, शाखा कार्यालय पनि सञ्चालनमा

पोखरा : एसआई युके नेपालले पोखरामा बुहत्त शैक्षीक मेला आयोजना सम्पन्न भएको छ । एसआई यूके नेपालले ३ सेक्टेम्बर शनिबारका दिन पोखराको न्यूरोडमा बृहत्त शैक्षीक मेला आयोजना सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र त्यस देशका विषयमा जानकारी गराउने उद्देश्यसहित एजुकेशन फेयरमा २१७ जनाले प्रत्यक्ष शैक्षिक परामर्श लिएका थिए […]