ग्लोबल गोरखा समाजको उम्मेदवारी मनोनयन दर्ता शूरु, अध्यक्षको लागि उम्मेदवारी शुल्क एक हजार डलर

काठमाडौं: ग्लोबल गोरखा समाजको आगामी अक्टोवर ९ तारिखमा हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनीक भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै कार्यतालिका सार्वजनीक गरेको हो ।

निर्वाचन समितिका संयोजक जय प्रकाश गुरुङ, सदस्य विकल चन्द्र आचार्य र डा. मित्र परियारले जारी गर्नु भएको कार्यतालिका अनुसार २९ तारिखदेखि २ तारिखसम्म इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसमध्ये क्राइटयरिया नपुगेकाको उम्मेदवारी स्वतः रद्ध गरिनेछ ।

No description available.

उम्मेदवारी दर्ता गर्न अध्यक्षको लागि एक हजार डलर, एक महिला सहित ६ उपाध्यक्ष पदको लागि ८ सय डलर, महासचिवको लागि ५ सय डलर, २ जना सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष् पदको लागि ४ सय डलर तोकिएको छ । अनलाईन मार्फत उम्मेदवारी दर्ताको लागि ग्लोवल गोरखा समाजको खातामा रकम दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ ।

ग्लोवल गोरखा समाज प्रवासमा रहेका क्षेत्रीय संस्था मध्येको सबैभन्दा सक्रिय संस्थाको रुपमा चिनीन्छ । संस्थाले कोभिड महामारीदेखि हरेक संकटमा गोरखा जिल्लामा ठूलो मात्रामा सहयोग गदैै आइरहेको छ ।

No description available.
No description available.

प्रकाशित | १३ आश्विन २०७९, बिहीबार २३:२१