ग्लोबल गोरखा समाजको अधिवेशन अक्टोवर ९ तारिखमा हुने, निर्वाचन समिति संयोजकमा संस्थापक अध्यक्ष गुरुङ

काठमाडौं: ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । समाजको अधिवेशन यही असोज २३ गते अर्थात अक्टोबर ९ तारिखमा गर्ने तय भएपछि तयारी तीब्र पारिएको हो ।

ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीका अनुसार अधिवेशन असोज २३ गते आइतबार काठमाडौको याक एण्ड यति होटलमा तय भएको हो ।

अध्यक्ष अधिकारीका अनुसार कार्यसमिति बैठकले संस्थाको विधान २०१६ संसोधित विधान २०२० को परिच्छेद ९ को दफा ४६.२ अनुसार निर्वाचन समिति संयोजकमा संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक जय प्रकाश गुरुङ संयोजक रहने गरी संस्थाका सल्लाहकार परिषद सदस्य विकल चन्द्र आचार्य र संस्थाका शुभचिन्तक डा. मित्र परियार सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

ग्लोवल गोरखा समाज प्रवासमा रहेका क्षेत्रीय संस्था मध्येको सबैभन्दा सक्रिय संस्थाको रुपमा चिनीन्छ । संस्थाले कोभिड महामारीदेखि हरेक संकटमा गोरखा जिल्लामा ठूलो मात्रामा सहयोग गदैै आइरहेको छ ।


प्रकाशित | ९ आश्विन २०७९, आईतवार ०९:२४