युरोपा लिग : भ्यालेन्सियामाथि आर्सनलको सहज जित

युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस टोली आर्सनलले सहज जित निकालेको छ । सेमिफाइनलअन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा आर्सनलले स्पेनिस भ्यालेन्सियामाथि ३–१ को जित निकालेको हो । आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जिताउन एलेक्ससान्द्र लाकाजेट्टीले २ गोल गरे भने १ गोल पिएरे अउबामेयाङले गरे । यता, भ्यालेन्सियाका मौकटार डियाखावीले सान्त्वना गोल […]

आईसीसी एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत: नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी

काठमाडौं: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहेको छ । नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन । टी ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थानमा रहेको छ । नेपालले १५२ अंक पाएको छ। नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, […]

लिभरपुलमाथि बार्सिलोनाको शानदार जित

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे । बार्सिलोनाले खेलको २६ […]

च्याम्पियन्स लिग: आज दुई ‘हेभिवेट’ बार्सिलोना र लिभरपुलबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं : युरोपको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलमा आजको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल प्रतिस्पर्धा हुँदैछ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार टिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएकाले यो खेल सर्वाधिक […]

टोटेनहमको मैदानमा आयाक्सको जित

एजेन्सी :  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो […]

च्याम्पियन्स लिगको सेमिफाइनलका खेल : नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु

काठमाडौं : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । खेल नेपाली नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ । आजबाट सेमिका पहिलो लेगका खेल हुनेछ ।यसपटक सेमिफाइनलमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्स तथा स्पेनिस बार्सिलोना र इंग्लिस टिम लिभरपुल खेल्दैछन् । जसमा आज टोटनह्याम र आयाक्सको […]

विद्यालय फुटबलका लागि चौधरी ग्रुपको ५५ लाख प्रायोजन

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई चौधरीग्रुपले प्रायोजन गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चौधरी ग्रुप र एन्फाबीच सम्झौंता भएको छ । सम्झौंता अनुसार चौधरी ग्रुपले एन्फालाई ५५ लाख रुपैंया प्रदान गर्ने छ । सम्झौंता पाँच वर्षको रहेको छ । हरेका वर्ष […]