एनआरएनएले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइयो : डा. ब्रदी केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले संघले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइएको बताउनु भएको छ । ‘ककस’ कार्यक्रममा बोल्नुहुँदै डा. केसीले संघले पहिलो पटक नभई इतिहासको विभिन्न कालखण्डमा सरकारको विरुद्ध लडेको बताउनु भएको हो । इतिहासलाई कोट्याएर हेर्न आग्रह गर्दै डा. केसीले […]

एनआरएनएलाई संकटबाट बचाउँन सबै एक हुनुपर्नेमा एनसीसीहरुको जोड, सरकारविरुद्धको मुद्धा फिर्ता लिन माग

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई संकटबाट बचाउँनका लागि सहयोग गर्न एनसीसीहरुले ऐक्यबद्धता जनाएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भर्चुअल दोश्रो विश्व भेलामा संस्था अहिले कठिन मोडमा रहेको भन्दैं संकटबाट निकास दिन संरक्षक परिषद्लाई सहयोग गर्नेमा एनसीसीहरु एकजुट बनेका हुन् । उनिहरुले संरक्षक परिषद्लाई सघाउन सरोकार सबैलाई अपिल समेत गरेका छन् । […]

सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढाउने काम भयोः कुल आचार्य

काठमाडौ । गैर आवासीय नेपाली संघका सल्लाहाकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थापन पक्षले सरकारसंग मिलेर अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । एनसीसीहरुको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आचार्यले आइसीसीका अध्यक्ष कुमार पन्तका कारण सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढेको बताउनु भएको हो । आइसीसीले सरकारसंग मिलेर अघि […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन १० लाख शुल्क लाग्ने, अन्य पदमा कति ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले उम्मेदवारहरुको शुल्क निर्धारण गरेको छ । मंगलबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै शुल्क तोकिएको हो । निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख दस्तुर बुझाउनुपर्नेछ […]

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि नगर्न एनआरएनएको आह्वान

काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/ नगराउन अपिल गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन अपिल गर्नु भएको हो । विज्ञप्तिमा भनीएको छ, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का […]

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरियो : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचनको कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व सम्मेलनलाई विथोल्ने उद्देश्यले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विरोध जनाउनु भएको हो । बुधबारको लागि आह्वान गरिएको एनसिसीहरुको विश्व सम्मेलनमा ५० […]

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक, उम्मेदवारको मनोनयन दर्ता डिसेम्बर ११-१२ र मतदान २६-२७ मा तोकियो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिसेम्बर ६ मा मतदाताहरुको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरुको मनोनयन दर्ता ११-१२ र मतदान २६-२७ का लागि तोकिएको छ । प्रमुख निर्वाचन अधिकृत लीलामणी पौडेलले सार्वजनीक गर्नु भएको कार्यतालिका अनुसार विभिन्न ५३ पदमा निर्वाचन हुनेछ ।