एनआरएनएलाई संकटबाट बचाउँन सबै एक हुनुपर्नेमा एनसीसीहरुको जोड, सरकारविरुद्धको मुद्धा फिर्ता लिन माग

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई संकटबाट बचाउँनका लागि सहयोग गर्न एनसीसीहरुले ऐक्यबद्धता जनाएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भर्चुअल दोश्रो विश्व भेलामा संस्था अहिले कठिन मोडमा रहेको भन्दैं संकटबाट निकास दिन संरक्षक परिषद्लाई सहयोग गर्नेमा एनसीसीहरु एकजुट बनेका हुन् । उनिहरुले संरक्षक परिषद्लाई सघाउन सरोकार सबैलाई अपिल समेत गरेका छन् ।

भेलाले परराष्ट्र मन्त्रालयले संघको दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई दिन गरेको निर्देशनको स्वागत गर्दै सरकारविरुद्ध गरेको मुद्धा फिर्ता लिन संस्थापन पक्षलाई आग्रह गरेको छ । संस्थाभित्र छलफल र संवादका माध्यमबाट समस्याको समाधान गर्न भेलाले आह्वान गरेको छ । निर्वाचन समितिले एकपक्षीय निर्वाचनको कार्यक्रम प्रकाशन गरेको भेलाको ठहर छ ।

विज्ञप्तीमा ‘संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवादलाई सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा ३० नोभेम्वरमा निर्वाचनको कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको हाम्रो ठहर छ । यस्तो कार्यले संस्थाभित्र विवाद बढ़दै जानुका साथै अन्ततस् संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ। त्यसैले अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक डा। शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन हामी माग गर्दछौं ।’ भनिएको छ ।

हेनुहोस् प्रेस विज्ञप्ती

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेला भर्चुएल माध्यमबाट १ डिसेम्बर २०२१ मा भव्यरुपमा सम्पन्न भएको छ। भेलामा संघका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरुका निर्वाचन भएकामध्ये दुइ तिहाइ भन्दा बढी एनसीसी अध्यक्ष, पदाधिकारीहरु तथा नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी० सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संघका केन्द्रीय सल्लाहकारहरु कुल आचार्य, यम कुमार गुरुङ ९त्रिलोक०, विश्व आदर्श पण्डित, ए सी शेर्पा, केन्द्रीय उपाध्यक्षहरू सोनाम लामा, मन केसी, पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा, महिला संयोजक भोमा लिम्बु, युरोप संयोजक नारायण आचार्य, एनसीसी अमेरिकाका पूर्व अध्यक्षहरू डा। केशव पौडेल तथा सुनील साह, एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा। यादव पण्डित लगायतका वक्ताले सम्बोधन गर्नु भयो।

विश्व भेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दशौँ महाधिवेशन तथा चुनाव तोकिएको समयमा हुन नसके पछि उत्पन्न परिस्थिति र सम्भाव्य निकासका बारे व्यापक छलफल गरेको थियो। संघका राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुको गत २४ अक्टोबर २०२१ मा सम्पन्न पहिलो ऐतिहासिक विश्व भेलाका निष्कर्षहरुको समीक्षा गर्नुका साथै संघको इतिहासमै पहिलो पटक नेपाल सरकार विरुद्ध अदालतमा जाने, सहमति र सहकार्यका लागि पहल गर्नु भन्दा एक पक्षलाई मात्रै फाइदा पुग्ने उद्देश्यले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जस्ता कामले संस्थालाई विभाजन तिर लग्ने भन्दै वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए। प्रजातान्त्रिक र पारदर्शी ढंगले गरिएको व्यापक छलफलको आधारमा सर्वसम्मतिबाट पारित उक्त भेलाका निष्कर्षहरु निम्न अनुसार रहेका छनस्

१। नेपाल सरकार परराष्ट्र मन्त्रालयले ३ मंगसिर २०७८ मा संघलाई एक पत्र लेखी संघको दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई दिन गरेको निर्देशनको हामी स्वागत गर्दछौं। गत २४ अक्टोबर २०२१ मा सम्पन्न संघका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरुको पहिलो विश्व भेलाले पनि दशौँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिन माग गरेको थियो। त्यसै गरी ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको पनि हामी स्वागत गर्दछौं।

२। गैर आवासीय नेपाली संघले स्थापना काल देखि नै नेपाल सरकारसंग सहकार्य गर्दै आएको छ। तर संघको इतिहासमै पहिलो पटक संघका कुनै पनि निकायको औपचारिक निर्णय विना, पंजीकृत सदस्यहरुबाट संकलित शुल्क खर्च गरी एकपक्षीय रुपमा, नेपाल सरकार विरुद्ध मुद्दा हाल्ने कार्य दुर्भाग्यपूर्ण र संस्थाको वृहत्तर हित विरुद्ध रहेको हाम्रो ठहर छ। यसले संस्थालाई थप विभाजित गराउने पनि निश्चित छ। त्यसैले हामी एनआरएनए केन्द्रलाई उक्त मुद्दा फिर्ता लिइ संस्थाभित्र छलफल र संवादका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछौं। यसैगरी कामचलाउ अध्यक्ष कुमार पन्तले देशको प्रधानमंत्री, संस्थाका प्रमुख संरक्षक, उहाँहरुका धर्म पत्नी लगायत विरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेको छ । हामी त्यस्ता आपत्तिजनक अभिव्यक्तिहरुप्रति खेद व्यक्त गर्दै त्यस्तो गतिविधि नदोहो(याउन र पदीय मर्यादाको ख्याल गर्न उहाँलाई सुझाव दिन्छौं।

३। गैर आवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबै भन्दा कठिन मोडमा उभिएको छ। यो संकटबाट संघलाई निकास दिन संरक्षक परिषद्लाई आवश्यक हरसम्भव सहयोग गर्न हामी एनसीसीहरु तयार रहेको जानकारी गराउंछौं। यसैगरी संरक्षक परिषद्लाई सघाउन सबै सल्लाहकारज्यूहरु, हाल कामचलाउ अवस्थामा रहेको आइसीसी तथा संसारभरि रहनु भएका गैरआवासीय नेपाली ९एनआरएन० हरुलाई हार्दिक अपिल गर्दछौं।

४। संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि ९डेलिगेट्स० हरु सम्बन्धी विवादलाई सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा ३० नोभेम्वरमा निर्वाचनको कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको हाम्रो ठहर छ। यस्तो कार्यले संस्थाभित्र विवाद बढ़दै जानुका साथै अन्ततस् संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ। त्यसैले अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक डा। शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउन हामी माग गर्दछौं।

५। संस्था संकटमा पर्दा भेला भएर छलफल गर्न पाउने सबै एनसीसीहरुको नैसर्गिक अधिकार हो। तर पनि यो भेला आयोजना नगर्न दबाब दिने उद्देश्यले विज्ञप्ति प्रकाशित गर्ने, इमेल पठाउने, फोन गर्ने जस्ता कामहरु शोभनीय नभएको यो भेला ठहर गर्दछ। साथै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुले यस्ता मंच मार्फत सहयोग र सहकार्य गर्नु अत्यन्तै उपयोगी हुने, एक अर्काबाट सिक्न सकिने साथै एनसीसीहरुलाई नै मजबूत बनाउने भएकाले यो भेला भविष्यमा थप यस्तै सम्मेलनहरु आयोजना गर्न सिफारिस गर्दछ।आवश्यक परेमा तेश्रो विश्व भेला छिट्टै आयोजना गरिने छ।

६। गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको दोश्रो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने संघका सबै पदाधिकारी, आदरणीय सल्लाहकार तथा आमन्त्रित अतिथिज्यूहरु, संचारकर्मी मित्रहरु, एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको विश्व भेला आयोजक समिति

बुद्धि सागर सुवेदी
संयोजक तथा अध्यक्ष, एनआरएनए एनसीसी अमेरिका

सदस्यहरु

प्रेम गाहा मगर
अध्यक्ष, एनआरएनए एनसीसी बेलायत

नन्द गुरुङ
अध्यक्ष, एनआरएनए एनसीसी अस्ट्रेलिया

दीपक गौतम
अध्यक्ष, एनआरएनए एनसीसी क्यानडा

शालिक राम डुम्रे
अध्यक्ष, एनआरएनए एनसीसी स्पेन

भवानी तिवारी
अध्यक्ष, एनआरएनए एनसीसी अष्ट्रिया

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष, एनआरएनए कतार

दीपक पुन मगर
अध्यक्ष, एनआरएनए एनसीसी साउथ कोरिया

डा.पुष्पराज भट्टराई
अध्यक्ष, एनआरएनए एनसीसी साउथ अफ्रिका


प्रकाशित | १८ मंसिर २०७८, शनिबार १३:०६