विद्यार्थी, पर्यटन भिसामा रहेका र अधिवेशनपछि थप गरिएका सदस्यको नाम मतदाता सूचीबाट हटाउन सुझाव

काठमाडौं – गैर आवासीय नेपाली संघका आइसिसी सल्लाहकारहरुले विधानविपरीत आएका प्रतिनिधिहरुको नाम सूचीबाट हटाउन सुझाव दिएका छन् । उनीहरुले विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका हुन । सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका […]

एनआरएनए निर्वाचन : ७५ प्रतिशत भन्दा बढी मतदाताले दिए सेल्फी

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फि भोटिङ प्रणाली’ को सफल परिक्षण भएको दावी गरिएको छ । गैर आवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फि भोटिङ प्रणाली सफलता पूर्वक परिक्षण गरिएको हो । सो प्रणाली अन्तर्गत गैर आवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत […]

एनआरएनए निर्वाचन नयाँ मोडमा : प्रमुख निर्वाचन आयुक्तको राजीनामा, कार्यवाहकमा थापा, उम्मेदवारी दर्ता पनि सर्‍यो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नयाँ मोडमा पुगेको छ । निर्वाचनको उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा प्रमुख निर्वाचन आयुक्त लिलामणी पौडेलले राजनीनामा दिएपछि एनआरएनए निर्वाचन नयाँ मोडमा पुगेको हो ।  स्रोतका अनुसार पौडेलको राजीनामा संघका अध्यक्ष कुमार पन्तले स्वीकृत गर्नु भएको छ भने कार्यवाहक निर्वाचन आयुत्तको जिम्मेवारी राम प्रताप थापालाई दिइएको छ । […]

यथास्थितिमा निर्वाचनमा भाग लिनुको कुनै अर्थ छैन : कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले एक्लौटी ढंगले निर्वाचन गर्ने कार्य मान्य नहुने बताउनु भएको छ । आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै एक्लौटी ढंगबाट पेलेर गर्न लागिएको निर्वाचन मान्य नहुने बताउनु भएको हो । ‘तथाकथीत निर्वाचनको घोषणा गर्ने, डेलिगेट्सको चयन प्रक्रिया र एनआरएनभित्रको समस्या समाधान नगरि […]

जर्वजस्ती र एकपक्षीय निर्वाचनमा जाने कार्यप्रति सहमति छैन : विनोद कार्की

आयरल्याण्ड –  गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष विनोद कार्कीले जर्वजस्ती र एकपक्षीय रुपमा निर्वाचन जान खोजीएकोमा विरोध जनाउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले जर्वजस्ती र एकपक्षी रुपमा निर्वाचन जानु गलत हुने बताउनु भएको हो । एनआरएनएलाई एकजुट बनाएर र सबैको भावना समेटेर अगाडि बढ्नुपर्नेमा […]

एनआरएनएमा कसलाई जिताउने भन्ने सेटिङ भइसकेको छ : डा. केशव पौडेल

काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिवका उम्मेदवार डा. केशव पौडेलले संघको निर्वाचनमा कसलाई जिताउने भन्ने सेटिङ भइसकेको दावी गर्नु भएको छ । महासचिव पदका उम्मेदवार डा. पौडेलले कर्मकाण्डी निर्वाचनमा सहभागि हुनुको औचीत्यता नभएको र कसलाई जिताउने भन्ने पहिल्यै सेटिङ भइसकेको दावी गर्नु भएको हो । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा […]

एनआरएनए विभाजन हुनै सक्दैन,भयो भने टिक्दैन: प्रेम गाहा मगर

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए कुनै हालतमा विभाजन हुन नसक्ने बताउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मगरले एनआरएनए कुनै हालतमा फुट्न नसक्ने र फुटि हालेमा नटिक्ने बताउनु भएको हो । ‘डराएर मैदान छाड्ने नभई त्यहीभित्र सघर्ष गर्ने हो’, […]