एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन १० लाख शुल्क लाग्ने, अन्य पदमा कति ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले उम्मेदवारहरुको शुल्क निर्धारण गरेको छ । मंगलबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै शुल्क तोकिएको हो ।

निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख दस्तुर बुझाउनुपर्नेछ ।

त्यस्तै, सहकोषाध्यक्षका लागि ४ लाख, महिला,  युवा र क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजकको लागि २ लाख ५० हजार, क्षेत्रीय महिला र युवा उपसंयोजकको लागि २ लाख शुल्क तोकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार विभिन्न पदमा गरि ५३ जनाको निर्वाचन हुनेछ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार २२:३३