नगरकोटको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको पहलकदमी, कार्तिक २३ देखी नगरकोट सडक महोत्सव हुँदै, नगरकोट भ्रमण वर्ष २०८२ को तयारी पनि तीब्र

नगरकोट:  काठमाडौं नजिकको सबैभन्दा रमणीय क्षेत्र नगरकोट । उपत्यकाको अस्तव्यस्त जीवनशैलीलाई केही राहत दिन रोज्नु पर्यो भने पहिलो रोजाई बन्ने गर्छ नगरकोट । आन्तरिक मात्र हैन, प्राकृतिक मनोरम, सूर्य अस्त र सूर्य उदाएको देखिने देखि हरियाली डाँडाकाडाँ र हिमाल देखिने नगरकोटले बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गर्न सफल भएको छ । वास्तवमै प्रकृतिको अनुपम उपहार हो नगरकोट ।

पछिल्लो समयमा यसको विकास तथा प्रवद्र्धनमा स्थानीय तहहरुले राम्रो सक्रियता देखाएका छन् । चाँगुनारायण नगरपालिका, मण्डल देउपुर नगरपालिका, बनेपा नगरपालिका, शंखरापुर नगरपालिका मिलेर नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निकै कामहरु भइरहेका छन् । सोही निरन्तरता स्वरुप यहि कार्तिक २३ देखी २५ गतेसम्म नगरकोट सडक महोत्सव हुँदैछ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले आयोजना गरेको महोत्सवमा यी चार स्थानीय तहहरुले सहयोग गरेका छन् ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई केन्द्रविन्दुमा राखेर त्यसको प्रचार प्रसार गर्ने उदेश्यले महोत्सव हुन लागेको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले जानकारी दिनु भयो । पर्यटकीय तथा ऐतिहासीक ठाँउलाई प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यापक उपस्थितीका लागि महोत्सवको आयोजना गरिएको हो ।

महोतसव अवलोकन गर्न मेयर खत्रीले सबैलाई आग्रह समेत गर्नु भयो । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको हो ।

महोत्सवमा साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारिता लगायतका विभिन्न सामाग्रीहरू प्रदर्शनमा रहने छ ।

महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको छ । नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ । महोत्सवमा २५ वटा स्टल रहने छन् । महोत्सवमा एक लाख हाराहारीको उपस्थिती रहने अपेक्षा गरिएको छ ।

स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पु¥याउन यस्ता महोतसवहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् । प्राकृतिक मनोरम नगरकोटलाई प्रवद्र्धन गर्न स्थानीय सरकारहरुले गरेको प्रयास सह्रानीय रहेको छ । स्थानीय धार्मिक पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको विकासमा यस्ता प्रयासहरुले फड्को मार्ने कुरामा दुई मत नै छैन ।


प्रकाशित | २० कार्तिक २०८०, सोमबार २०:२४