सूर्यविनायक नगरपालिकाका ६ वटा वडामा मेलम्चीको खानेपानी पुर्याउन बृहत्त आयोजनाको शिलान्यास

भक्तपुर:  सूर्यविनायक नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन बृहत्त खानेपानी योजना अगाडि बढाएको छ । सो अन्तर्गत नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि बृहत्त खानेपानी आयोजना शूरु गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले शुक्रबार खानेपानी परियोजनाको औपचारिक रुपमा शिलान्यास गर्नु भयो । नगरपालिकाले पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डोबजारको मेलम्ची खानेपानी संकलन रिजर्भ टं«याकीबाट पाण्डोबजार बासीलाई खानेपानी वितरण गरिरहेको छ । दोस्रो चरण अन्तर्गत नगरपालिकाले लिफ्टीङ गरेर सुवर्णेश्वर खानेपानी ट्रयाकीमा पानी राखी १ देखि ६ सम्मका वडाका ट्याकीमा पानी खसालेर खानेपानी वितरण गर्ने कार्यको शूरुवात गरेको हो । आयोजनाको काम आगामी ६ महिनाभित्र सम्पन्न गरिसक्ने योजना रहेको छ ।

गत २०७९ चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको थियो । सोही सहमतिअनुसार नगरपालिकाले ८ करोड बजेट विनियोजन गरेर पानी वितरणको लागि आवश्यक कार्य अगाडि बढाएको हो ।

नगर प्रमुख थापाले निकै ठूलो सघर्षपछि नगरका ६ वटा वडाबासीलाई मेलम्चीको खानेपानी खुवाउने प्रयास सफल भएको र खानेपनी वितरणका लागि नगरपालिकाले ८ करोड बजेट विनियोजन गरेर अगाडि बढेको स्पष्ट पार्नुभयो ।

प्रदेश सभा सांसद किरण थापाले पुरानै संरचनामा १ देखि ६ सम्मका वडामा मेलम्चीको खानेपानी वितरणको लागि निर्माण कार्य शूरु हुनु अत्यन्तै सराहनीय कार्य भएको बताउँदै आफूले पनि बजेटको लागि प्रदेश सरकारसमक्ष पहल गर्ने बताउनुभयो ।

नगरपालिका उपप्रमुख तथा नगरपालिकाको तर्फबाट खानेपानी संयोजक सरिता तिमल्सिना भट्टराईले पाण्डोबजारको मेलच्ची खानेपानी संकलन रिजर्भ ट्यांकीबाट लिफ्टीङ गरेर सुवर्णेश्वर खानेपानी ट्रयाकीमा पानी राखी १ देखि ६ सम्मका वडाका ट्याकीमा पानी खसालेर खानेपानी वितरण हुने बताउनुभयो । पहिलो चरणमा वडा नंं ६ स्थित ट्रंयाकीभन्दा तल्लो क्षेत्रका उपभोक्तालाई खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ पनि गरिसकेको उहाँले जानकारी दिनुभयो ।

वडा नंं ६ का वडाध्यक्ष ईश्वर खड्काले ट्रयांकीभन्दा तल्लो क्षेत्रका १ सय घरधुरीमा खानेपानीको वितरण भइसकेको जानकारी दिनुभयो ।

गत २०७९ चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको थियो । सोही सहमतिअनुसार नगरपालिकाले ८ करोड बजेट विनियोजन गरेर पानी वितरणको लागि आवश्यक कार्य अगाडि बढाएको हो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार पाण्डोबजारबाट चार ईन्च अर्थात दैनीक कम्तिमा २० लाख लिटर पानी पठाइनेछ । ६ वटै वडामा खानेपानी पुर्याउन १० दशमलव ४ किलोमिटर पाईपलाईन विस्तार गरिनेछ ।

नगरपालिकाको वडा नंं ६ र ७ को सिमानामा १० लाख लिटर क्षमताको ट्रयांकी निर्माण गरेर दिर्घकालीन रुपमा पानी वितरण गर्ने योजना समेत रहेको छ । ८ करोडको कुल लागत मध्ये ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत उपभोत्ता समिति, संघ र प्रदेशसहितको बजेटबाट ब्यहोरिनेछ ।

नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा खानेपानी सुविधा प्राप्त हुदैं आएको छ । यो वर्षभित्र वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको सुविधासहित कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था मिलाइने नीति नगरपालिकाले लिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र नेपाल, वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, ईश्वर खडका, भगवान खत्री, शिवराम राउत र जनप्रतिनिधिहरु, नगरपालिकाका शाखा प्रमुखहरु तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।


प्रकाशित | ८ मंसिर २०८०, शुक्रबार १९:४६