काठमाडौंमा तीन सहित नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या आठ हजार २७४ पुग्यो

काठमाडौं : नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको कुल संख्या ८ हजार २७४ पुगेको छ । संक्रमित जिल्ला ७४ पुगेको छ ।  जसमध्ये ७७७ महिला छन् भने पुरुष ७ हजार ५६७ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणको […]

नयाँ नक्सासहितको निशान छाप राजपत्रमा प्रकाशित

काठमाडौं : लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित गरिएको हो । संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । यो सँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ। अब संविधानले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमागलाई […]

पर्वत अस्पतालका २ डाक्टर सहित ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

पर्वत : पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको छ। अस्पतालले अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी विज्ञप्ति मार्फत दिएको छ। अस्पतालका अनुसार २ जना डाक्टर, एक […]

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा थपीए २४ जना कोरोना संक्रमित

पोखरा : गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । निर्देशनालयका अनुसार नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा […]

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणिकरण

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको विधेयक संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बिहीबारदेखि नै नेपालको सरकारी कामकाजमा नयाँ निशान छाप प्रयोगमा आउनेछ ।

उपत्यकामा भक्तपुरका ३, काठमाडौंका २ र ललिपुरका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एक जना महिला, ललितपुरमा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।  नेपालमा […]