काठमाडौंमा तीन सहित नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या आठ हजार २७४ पुग्यो

काठमाडौं : नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको कुल संख्या ८ हजार २७४ पुगेको छ । संक्रमित जिल्ला ७४ पुगेको छ ।  जसमध्ये ७७७ महिला छन् भने पुरुष ७ हजार ५६७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणको क्रममा काठमार्डौमा तीन सहित थप ८८ महिला र ३३८ पुरुष गरी  ४२६ जनामा कोरोना संक्रमण देखिएको छ भने २१६ जना डिस्चार्ज भएका छन् । यो सहित अहिलेसम्म १ हजार ४०२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको विवरणअनुसार १ लाख ६१ हजार ७४९ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ६ हजार २३१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको विधिमा ४ हजार ३९९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा छन् भने ६ हजार ८५० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ५ असार २०७७, शुक्रबार १६:३४