एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेखेका छन् । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई […]

सांसदको प्रश्नप्रति मन्त्रीको वेवास्था

काठमाडौं – सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले […]

देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा

काठमाडौँ – पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । बुधबारदेखि […]

युवालाई स्वरोजगार बनाउन ऋण प्रवाहलाई सरलीकृत बनाइने

काठमाडौँ- युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताउनुभएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो […]

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताउनुभयो । “गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर […]

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तीनमहिने अभियान

काठमाडौँ – उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तीनमहिले अभियान सञ्चालन गरिने भएको छ । आज काठमाडौँमा उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको तीनमहिने कार्य योजनाका सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायहरुलाई जानकारी गराइएको छ । तीनमहिने कार्ययोजनाअन्तर्गत चक्रपथ भित्रका कोरिडोर सञ्चालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ गर्ने, ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षणमा व्यापकता […]

मिस नेपाल श्रुखला फान्सको सद्भावना दूतमा नियुक्त

काठमाडौंं – नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेशको अवसरमा खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको हो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सौहाद्र्रपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको छ । […]