उपत्यकामा भक्तपुरका ३, काठमाडौंका २ र ललिपुरका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एक जना महिला, ललितपुरमा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

 नेपालमा थप ६७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको कोरोना परिक्षणको क्रममा ६७१ जना थपिएका हुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १७:०७