पुष्पपरागद्वारा वर्ष सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं  -पुष्पपराग साहित्य प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘पुष्पपराग वर्ष सम्मान–२०७९’ साहित्यकार रत्न प्रजापतीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ शोभा दुलाललाई, ‘नील–गंगा भाषा साहित्य पुरस्कार’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीत संगीत पुरस्कार’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ संगीतकारसत्यकला राईलाई, प्रदान गर्ने घोषणा गरेको छ […]

एपीक नेपाल म्युजीक अवार्डद्धारा महानायक राजेश हमाल सम्मानीत (फोटोफिचर)

भक्तपुर । चौथौ एपीक नेपाल म्युजीक अवार्डद्धारा महानायक राजेश हमाल सम्मानीत हुनु भएको छ । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिका ४ को सहकार्यमा आयोजित चौथो एपिक नेपाल म्युजीक अवार्डबाट महानायक हमाल सम्मानीत हुनु भएको हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हमाललाई नगदर रु १ लाख १११ रुपैयाँसहित सम्मान गर्नुभयो । […]

चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासले पायो अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं : गैर आवासीय नेपाली संघले यो वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार चेतनाथ आचार्यको रुइबा उपन्यासलाई प्रदान गरेको छ । सघको भाषा तथा साहित्य समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित २०७७ सालदेखिमा यो पुरस्कार प्रदान गर्दै आएको थियो । पहिलो वर्ष हरि अधिकारीको […]

‘सम्झनामा कृष्णप्रकाश श्रेष्ठ’ स्मृती ग्रन्थ बिमोचन

काठमाडौं –  गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले नेपाली साहित्यका प्रवासका शिखर पुरुष स्वर्गीय कृष्णप्रकाश श्रेष्ठको प्रथम पुण्य तिथीको अबसरमा ‘सम्झनामा कृष्णप्रकाश श्रेष्ठ’ स्मृति ग्रन्थको एक बिशेष समारोह बिच लोकार्पण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको लोकार्पण गर्दै नेपाली भाषा साहित्यलाई प्रवासमा उन्नयन गर्ने श्रेष्ठ शिखर […]

‘जोखनामा वर्तमान’ कवितासङ्ग्रह लोकार्पण

काठमाडौं – साहित्यकार डा. नवराज सुब्बाको कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ । हाम्रो आइडियाले प्रकाशित गरेको उक्त ई–बुकलाई थुप्रै डटकमले बजार व्यवस्थापन गरेको छ । यस सङ्ग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित कवि सुब्बाका कविता, मुक्तक र गीत सङ्ग्रहित छन् । विविध स्वादका ८६ वटा रचनाहरु ई–बुकमा सङ्ग्रहित छन् । कवितामा जीवन […]

नयाँ वर्षमा…

हरि पौडेल /नेदरल्याण्ड के भनु कसरी एक्लो बिताएँ नयाँ वर्षमा आफुले आफैलाई फकाएँ नयाँ वर्षमा हुन त केही मुखमा राख्न मन लागेन तिम्रो फोटो हेरि-हेरि म्वाई खाएँ नयाँ वर्षमा बोलाउँ भने कसो अझै ग्रीनकार्ड भा छैन यसपालि पनि तिमीलाई सताएँ नयाँ वर्षमा मर्द बनि बसे थें कहिल्यै रुंदिन भनेर सम्झी तिम्रो मुहार आंसू चुहाएँ नयाँ […]

कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]