राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणिकरण

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको विधेयक संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बिहीबारदेखि नै नेपालको सरकारी कामकाजमा नयाँ निशान छाप प्रयोगमा आउनेछ ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १८:३६