आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार राति देशभर पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | ५ असार २०७७, शुक्रबार ०९:३८