मन्त्रिपरिषद बैठकका यस्ता छन् १९ महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । कार्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले गरेको १९ वटा निर्णयहरु सार्वजनिक भएको छ । शुक्रबार सरकारका प्रवक्ता समेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गर्नुभएको हो । यस्तो छ निर्णयको पूर्ण पाठ :-

आज छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

काठमाडौं – आज छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन छठ पर्वको मुख्य दिन पर्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति […]

प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप अनौतिक, अराजनैतिक र पार्टीको विधान विपरित : महेश बस्नेत

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पस्तुत गर्नुभएको आरोपपत्रको खण्डन गर्नुभएको छ । प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको आरोप अनैतिक, अराजनैतिक र पार्टीको विधान विपरीत भएको भन्दै खण्डन गर्नुभएको हो । अनुमानको भरमा झुटो आरोप लगाउनु नहुने […]

एनआरएनए अमेरिकाविरुद्ध टेनिसीमा दायर मुद्दामाथि आउँदो अप्रिल ६ र ७ मा बहश हुने

टेक्सस- गैर आवासीय नेपाली संघ(एनआरएनए ) अमेरिका विरुद्ध अदालतमा दायर मुद्धामाथि आउँदो अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचनमा धाँधली भएको भन्दै पछिल्लो निर्वाचनबाट वर्तमान कार्यसमिति चयन भए लगत्तै कोर्टमा मुद्दा दायर भएको थियो । सो मुद्धामाथि अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको हो । एनआरएनए एनसिसी […]

एनआरएनए एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा ‘पहिलो युवा सम्मेलन’ हुँदै

काठमाडौं – पहिलो ग्लोबल स्पीज कन्टेस्ट आयोजना गरेर निकै चर्चा कमाएको एनआरएनए एसिया प्याशिफिक युवा कमिटिले आगामी डिसेम्बर ५ तारिखमा युवा सम्मेलन गर्ने भएको छ । अनलाईन जुमको माध्यमबाट हुन लागिरहेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको एसिया प्याशिफिक युवा कमिटि संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो । संयोजक कँडेलका अनुसार ‘युवा, नवीनता र राष्ट्र निर्माण’ […]

नेपालमा २ हजार १०३ जना कोरोना संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ […]

लेखक तथा ब्यवसायी जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

काठमाडौ – लेखक तथा ब्यवसायी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ बजारमा आएको छ । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाउनुभएको लामिछनेको यो दोस्रो कृति हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक […]