लेखक तथा ब्यवसायी जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

काठमाडौ – लेखक तथा ब्यवसायी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ बजारमा आएको छ । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाउनुभएको लामिछनेको यो दोस्रो कृति हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ ।

यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक छ । संग्रहमा २० वटा यात्रा संस्मरण समेटिएका छन् । सबै संस्मरणमा भिन्दा भिन्दै देशका अनुभवहरु छन् ।

विश्वको ईतिहास, भूगोल भित्रका अलग अलग संस्कृती र रहनसहनमा रुचिराख्ने लामिछानेले करिव १ सय ३० देशको यात्रा गरिसक्नु भएको छ ।

यो पुस्तक नेपालका मुख्य शहरका पुस्तक पसलमा उपलब्ध छ भने अमेरिका र क्यानडाका पाठकहरुले यसलाई अनलाइन मार्फत अर्डर गर्न सकिने जनाइएको छ ।


प्रकाशित | ४ मंसिर २०७७, बिहीबार १३:२६