एनआरएनए एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा ‘पहिलो युवा सम्मेलन’ हुँदै

काठमाडौं – पहिलो ग्लोबल स्पीज कन्टेस्ट आयोजना गरेर निकै चर्चा कमाएको एनआरएनए एसिया प्याशिफिक युवा कमिटिले आगामी डिसेम्बर ५ तारिखमा युवा सम्मेलन गर्ने भएको छ । अनलाईन जुमको माध्यमबाट हुन लागिरहेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको एसिया प्याशिफिक युवा कमिटि संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो ।

संयोजक कँडेलका अनुसार ‘युवा, नवीनता र राष्ट्र निर्माण’ मुल नारा रहेको सो सम्मेलनमा विभिन्न युवासँग सम्बन्धीत सेसनहरु सञ्चालन गरिनेछ । साथै सम्मेलनमा विभिन्न देशबाट कल्चर एक्सचेन्ज पनि गरिनेछ भने दोस्रो पुस्ताले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिको विषयमा केन्द्रित गरिनेछ ।

त्यस्तैगरि, सम्मेलनमा विदेशमा अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरुले के सिकेका छन् र नेपालमा के गरिरहेका छन भन्ने विषयमा पनि सेसन सञ्चालन हुने संयोजक कँडेलले बताउनुभयो ।

सम्मेलन विशेष गरि नेपाली युवालाई नेपाल सरकारसँग आबद्ध गराउने र बाहिर बसेका युवा जनशक्तीलाई अवसर प्रदान गर्न सरकारको ध्यानर्कषण गराउने हेतुले पनि आयोजना गरिएको संयोजक कँडेलेलले बताउनुभयो ।

सो सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय युवा परिषद तथा नेपाल सरकारको युवासँग सम्बन्धीत विभिन्न विभाग तथा सरोकारवालाको पनि सहभागिता रहनेछ ।


प्रकाशित | ४ मंसिर २०७७, बिहीबार १९:१२